Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्डको हत्या योजनामा उनकै पार्टीको सभासद

वीरगंज, चैत १५ – एमाओवादीका २ केन्द्रीय सदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्युरो सदस्य तथा सभासद् प्रभु साहभाथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या गर्ने योजना बुनेको गम्भीर आरोप लगाएका छन्।

एमाओवादीका केन्द्रीय सदस्य र सभासद्हरु अशोक जयसवाल र सत्यनारायण भगतले दाहाल हत्याको योजना बनाउने साहलाई बाबुराम भट्टराईले संरक्षण गरेको जिकिर गरेका छन्।

साहले हत्या योजना बनाएको थाहा पाएपछि दाहालले आफू असुरक्षित रहेको भनाइ सार्वजनिक गरेको उनीहरुले बताए। साह भट्टराई पक्षधर हुन् भने जयसवाल र भगत अध्यक्ष दाहाल निकट हुन्। यसैवीच साहले दहाललाई मार्ने कुरा कल्पनाभन्दा बाहिर रहेको प्रतिक्रिया दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

3986