नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए।

फाइल फोटो

उनीहरुको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको उनले बताए। पीसीआर रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गौशाला पठाएको थियो।

पछि परीक्षण गर्दा रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिए। उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ।

रासस





Comments

comments

39880