लाहुरे परिवेशकी गायिका सुमिता…

-मुकेश राई

हरेक साँझ तिम्रो यादमा जल्ने टुकी हुँ म
चुपचाप तिम्रो मनभित्र फूल्ने बुकी हुँ म

माथि उल्लेखित गीतका गीतकार प्रतिक चाम्लिङ राईको शब्दहरुले जत्ति तानिन्छु म त्यो भन्दा बढी गायिकाको स्वरको माधुर्यताले मोहित बन्छु। हुन त गायिका सुमिता राई बहिनीसङ्ग मेरो परिचय एउटा सांगीतिक कार्यक्रममा भएको थियो।

यस्तै गीत संगीतको कुरोहरु गर्दै जाँदा बहिनीले आफूले गाएको गीतको भिडियो शेयर गर्नु भएको थियो “आँखै नहेरी” प्रेमिल भावको उक्त गीत निकै रमाइलो अनुभूति दिने र उत्कृष्ट भिडियोले गर्दा मनोरन्जनात्मक थियो। उक्त गीत सुने पश्चात उहाँ एउटा पृथक अनि श्रुतीमधुर स्वर भएकी गायिका हुनुहुन्छ भन्ने अनुमान लाएँ। यसैले हाम्रो परिचय सिर्जनात्मक हो भन्दा फरक नपर्ला।

गायिका सुमिता राई हाल ननिटन, युकेमा श्रीमान खरुन राई अनि दुई छोरीहरु नैना र सगुनको साथ रहदै आएकी छिन्। नेपालमा उहाँको थातथलो खोटाङ खार्ताम्छा हो भने माईतिघर बाक्सिला हो। लाहुरे पारिवारिक पृष्ठभूमि रहेको उनको पापा ब्रिटिश आर्मीको रिटायर्ड गोर्खा अफिसर हुन् भने श्रीमान पनि ब्रिटिश आर्मीकै सिपाही हुन्। घरकी माईली छोरी सुमिताको दिदी भेनाज्यू र आमापापालगायत प्राय सम्पूर्ण परिवार युके मै छन्।

ब्यस्त जीवन र आफ्नो देश भन्दा टाढा रहनुको पीडाबोध हुनु भनेको प्रवासीहरुको निम्ति सामान्य कुरो होला शायद। आफ्नो देशबाट जति टाढा भईन्छ उत्ति नै सम्झना गाडा हुन्छ, यस्तो समयमा पनि आफ्नो रुची र जोशका कारण विभिन्न सिर्जनात्मक कार्यलाई पनि अगाडी बढाउने सिर्जनशिल धेरै छन्। तिनै साधनारत सर्जकहरु मध्ये एउटा राम्रो स्वर भएकी सर्जक अर्थात गायिका हुन सुमिता।

सुमिता राई

स्कुले जीवनमा नाच्नमा रुची राख्ने राम्रो नृत्याङंना रहेकी सुमिताको रुची पनि नृत्य नै भएता पनि समयको अन्तराल र घर ब्यवहारले गर्दा त्यो रुची त्यत्ति मै सिमित रहे पनि आफ्नो रुचिलाई गीत संगीतको यात्रा तर्फ अगाडी बढाईन्। जसको फलस्वरुप श्रीमानङ्ग पल्टनघरमा आए पछि त्यहाँ हुने प्राय हरेक कार्यक्रमहरुमा आफ्नो स्वरले रौनकता प्रदान गरिन्। धेरै चर्चामा रहेका नयाँ पुराना गीतहरुलाई श्रोता दर्शकहरुमाझ प्रस्तुत गर्दै गएपछि उनी धेरैको चहेता बनिसकेकी थिईन्। यसले उनलाई आफ्नै गीतहरु पनि रिकर्डिङ गर्नु पर्छ भन्ने कुरामा पनि अभिप्रेरित गर्दै लग्यो। आफ्नै भेनाज्यू प्रतिक चाम्लिङ गीतकार हुन् भने श्रीमान खरुन राई गीत र भिडियो सम्बन्धी अध्ययन गरिसक्नु भएका एक कलाकर्मी हुन्, यद्यपि कारणवस उनको कर्मथलो बेलायत बन्न पुग्यो। यिनै पारिवारिक माहौलले आफूलाई सिर्जनायात्रामा अगाडी बढाउन झनै उत्साहित गरेको बताउँछिन् गायिका सुमिता राई।

निकै समय अगाडी नै केही गीतहरु रिकर्डिङ गरेकी उनको औपचारिक रुपमा गीतिएल्बम “सगुन” सन २०१९ मा सार्वजनिक गर्नु भएको हो। यस एल्बममा जम्मा ६ वटा गीतहरु समाविष्ट छन्। जसमा गीतकारहरु निर्मला परिवेश राई, प्रतिक चाम्लिङ, कुमार विवाहित अनि मुकेश राईको शब्दका गीतहरु रहेका छन भने गीतहरुका संगीतकारहरु शिला बहादुर मोक्तान, मन थुलुङ, बिक्रम राई, पुजन लोहन अनि कुमार विवाहित रहेका छन्।

अधिकांश गीतहरुको म्युजिक भिडियो बनिसकेका छन जुन उनको आफ्नै युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

यही क्रममा उनको एल्बम सगुनमा समाविष्ट “हरेक साँझ” बोलको गीतबाट उनले बर्ष २०२० को उत्कृष्ट आधुनिक/पप गायिकाको स्पर्श म्युजिक अवार्ड जित्न सफल भईन्। जुन उनले आफ्नो सांगीतिक यात्रामा अघि बढनको निम्ति मिलेको प्रेरणादायी उपहार ठान्छिन्। आउँदो दिनहरुमा पनि आफ्नो सांगीतिक यात्रा निरन्तर अगाडी बढाउने आकांक्षा रहेको गायिका सुमिता राईको सिर्जनशिल यात्रा शुभ र सफल रहोस् हार्दिक शुभकामना…!

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40079