छन्दचुलीको लोकार्पण…

डा. गोपाल पौडेल मण्डनेको कविता संग्रह छन्दचुली छन्दको लोकार्पण वरिष्ठ साहित्यकार बैरागी काइँलाले गर्नुभएको छ। छन्दमा लेखिएका कविताहरूको संग्रह छन्दचुलीमा छन्दसम्बन्धी जानकारी समेत दिइएको छ।

.

नेपाली शास्त्रीय र लोक छन्दमा लेखिएका उनका कविताहरूमा देशभक्तिको भावना, सामाजिक विकृति तथा विसङ्गति, मानीय संवेग आदिका भाव पोखिएका छन्। समसामयिक विषयमा रचिएका कविताहरू पनि रहेका छन्। केही कविताहरूमा मानवीय संवेगका कुराहरू पनि छन्। कवितामा माया, प्रेमका सन्दर्भहरू पनि रहेका छन्।

.

एक समय अनेक चिन्तन मुक्तकसङ्ग्रह, जोइटिङ्ग्रे सम्पूर्ण हास्य नाटक, शान्ति र सृजना पूर्णाङ्की नाटक, सङ्घर्षका क्षणहरू कवितासङ्ग्रह, बेलायती सन्देश कवितासङ्ग्र, चिट्ठी लेखी गीतिएल्बम, बेलायती सन्देश कवितासङ्ग्रह, विदेशी आगन गीतिसङ्ग्रह, काभ्रेपलान्चोक ऐतिहासिक महाकाव्य, लण्डनको कोसेली गजलसङ्ग्रह, मण्डनेका गजलहरू, पाकेटमारको चिठी कथासङ्ग्रह, मञ्जरी मुक्तकसङ्ग्रह, जलिरहेको मुटु कथासङ्ग्रह गरी करिव दुई दर्जन कृतिका सर्जक डा. गोपाल पौडेल मण्डनेले कविता, मुक्तक, गीत, कथा, निबन्ध जस्ता नेपाली साहित्यका लोकप्रिय विधाहरूमा कलम चलाउँदै आएका छन्।





Comments

comments

40417
%d bloggers like this: