६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री

खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ।

स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको विक्री शुरू गरेको हो।

कम्पनीले प्रतिकिलो २ सय २५ रुपैयाँका दरले हाल सम्म कुल १६ लाख २ हजार २ सय २५ रुपैयाँ बरावरको ७ सय २१ केजी चामल विक्री गरिसकेको छ । विक्री शुरू गरेको पहिलो दिनमै खाद्यले २० हजार ९ सय २५ रुपैयाँको ९३ किलो चामल विक्री गर्न सफल भएको थियो । दोस्रो दिनमा ३२ हजार ४ सय रुपैयाँको १ सय ४४ किलो विक्री भयो।

फाइल फोटो

तेस्रो र चौथो दिनमा क्रमशः ६ हजार ९ सय ७५ रुपैयाँको ३१ किलो र १७ हजार ३ सय २५ रुपैयाँको ७७ किलो विक्री चामल विक्री भएको थियो । त्यसैगरी पाँचौं दिन ४२ हजार ३ सय रुपैयाँको १८८ किलो विक्री भएकोमा छैटौं दिन पनि त्यति नै मूल्य बराबरको १ सय ८८ किलो चामल विक्री भएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार उपभोक्ताहरूले अहिले ठूलो परिमाणमा चामल माग नगरेका कारण १ किलोको प्याकेट बनाएर विक्री भइरहेको छ । कम्पनीले परीक्षणका लागि काठमाडौंमा मार्सीको विक्री शुरू गरेको र राम्रो बजार पाउँदै गएमा भोलिका दिनमा काठमाडौं बाहिरका स्थानहरूमा पनि मार्सी चामल विक्री गर्ने योजना रहेको उनले बताइन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन्।





Comments

comments

40457
%d bloggers like this: