आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ।
यसबाहेक काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।
यसअघि पहिलो चरणअन्तर्गत पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीमध्ये शुक्रबारसम्ममा तीन हजार ४७९ जनाले खोप लगाएका छन्।
आजकोगोरखापत्र दैनिकमा समाचार छ।