एनआरएनलाई नेपाल र नेपालीप्रति जिम्मेवारी बनाउन पहल गर्दछु – प्रेमकाजी श्रेष्ठ

नातिबाबु भट्ट –
मार्च ७, कोलोराडो अमेरीका,अमेरिकाको कोलोराडोमा बिगत डेढ दसक भन्दा बढि समय बसोबास गर्दे आएका समाजसेवी, मिलनसार तथा प्रष्ट वक्ता प्रेमकाजी श्रेष्ठले अनआरएन अमेरीकाको आगामी निर्वाचनमा बोर्डअफ डाईरेक्टर पदमा उमेद्धारी दिने घोणणा गरेका छन्।

नेवा खःल कोलोराडोका अध्यक्ष तथा लङमन्ट हिमालयज् लायन्स क्लबका उपाध्यक्ष प्रेमकाजी श्रेष्ठले आफ्नाे उमेद्धारी सामाजिक संजाल मार्फत घोषणा गरेका हुन्।

.

कोलोराडोको लङमन्टमा ब्यवसाय गर्दै आएका श्रेष्ठ नेपाल र नेपालीको हक हित तथा सहयोगको लागि सधै अगाडी सर्ने मनका धनी ब्यक्तिहरु मध्येमा पर्दछन् । आफू त्यस स्थानसम्म पुग्न सकेमा, एनआरएन जस्तो विश्वब्यापी संस्थाको लक्ष तथा उदेश्यलाई नारामा मात्र सिमित नराखी ब्यबहारमा उतार्न पहल गर्ने उनको भनाई रहेको छ।

उनले आगामी मे महिनामा सम्पन्न हुन गईरहेको ( २०२१–२०२३ ) पदाधिकारीहरुको निर्वाचनमा आफूलाई बोर्डअफ डाईरेक्टर पदमा अमूल्य भोट दिई जिताउन सबैसंग अनुरोध गरेका छन्।

आफू निर्वाचित भएमा आफूले पाएको जिम्बेवारी कुशलतापूर्वक निभाउने उनले प्रण गरेका छन्। उनले कोलोराडोलगायत अमेरीकामा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफ्नो अमूल्य मत दिई जिताउनु भएमा उक्त मतको दुरुपयोग नगर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40976