Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

बिष्णुकान्ता घिमिरे –
काठमाडौ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ।

पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको बताइएको छ। कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए।

.

महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन्।

पठाओ नेपालमा हाल करीब एक हजार छ सय जना महिला राइडर आवद्ध छन्। जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन्।





Comments

comments

40979