BREAKING – हङकङ कोरोना न्युज अपडेट : नेपालबाट आएका १३ जना सङ्क्रमित भेटिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ अप्रिल। नेपालबाट आएका १३ सहित हङकङमा १५ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७७१ पुगेको छ।

आयातित १५ सङ्क्रमितहरुमा नेपालबाट १३, भारतबाट १ र इन्डोनेसियाबाट आएका १ जना रहेका छन्। कुल सङ्क्रमितहरुमा ८ वर्षदेखि ७८ वर्ष उमेरबीचका ७ पुरुष र ८ महिला रहेका छन्।

स्थानीय सङ्क्रमितको संख्या भने पुनः शून्यमा झरेको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४०४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ११२ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

41835