न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ जुन। हो मान टिन स्टेटको यात मान हाउसमा गएराति आगलागी हुंदा एक जनाको ज्यान गएको छ।
ज्यान जानेमा ५७ वर्षीय पुरुष रहेका छन्। उनलाई उद्धार गरी अस्पताल लगिए पनि अस्पतालमा मृत घोषित गरिएको हो।
घटनामा १ सयभन्दा बढी प्रभावित भएका छन्। उनीहरुलाई अस्थायी सेल्टरमा राखिएको समाचारमा जनाइएको छ।
मध्यरात यात मान हाउसको २० तलाबाट आगलागी भएको थियो। चार्जमा राखिएको ह्वील चियरबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।