हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, ३ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,८७८ पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा तीनै जना इन्डोनेसियाबाट आएका रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ३९ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो


Comments

comments

Leave a Reply

42926
%d bloggers like this: