हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, ३ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, ३ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८८५ पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा एक जना साइप्रस र २ जना इन्डोनेसियाबाट आएका रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ३२ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43042