बाढी-पहिरो पीडितलाई १० लाख सहयोग

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पैरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ।

मेलम्ची

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

सो रकमबाट एभिन्युज टेलिभिजनमार्फत राहत प्रदान गरिनेसमेत भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको छ।

स्मरणरहोस्- भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष कोरोना सङ्क्रमणका पीडितका लागि पनि सातै प्रदेशमा खाद्यन्न, स्वास्थ्य सामाग्री र मास्क गरेर ३१ लाख ३० हजार रूपियाँ प्रदान गरेको थियो।

.
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

43047