हङकङ कोरोना न्युज अपडेट : ७ आयातित सङ्क्रमित थपिए, गरुडा इन्डोनेशियालाई ५ जुलाईसम्म हङकङमा प्रतिबन्ध…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।

स्थानीय सङ्क्रमित नथपिएको लगात्तार यो १७ औं दिन हो।

यद्यपि, ७ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,८९७ पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा इन्डोनेसियाबाट आएका २८ देखि ४१ वर्षबीच उमेरका ६ जना घरेलुकामदार रहेका छन्। त्यस्तै ५१ वर्षीय पुरुषको ट्राभल हिस्टोरी पुष्टि भइसकेको छैन।

यसबीच, सरकारले गरुडा इन्डोनेशियालाई आजदेखि ५ जुलाईसम्म हङकङमा प्रतिबन्ध लगाएको छ।

अहिले कोरोना सङ्क्रमित ३० जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ४०,९०४ जनाले कोरोनाबिरुद्ध खोप लगाएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३३,०७,५१२ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

गरुडा इन्डोनेशिया




Comments

comments

Leave a Reply

43133