हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, २ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, २ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९१२ पुगेको छ।

.

आयातित सङ्क्रमितमा बेलायतबाट आएका १८ वर्षीया महिला र रुसबाट आएका ४८ वर्षीय पुरुष रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ४२ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २११ ले ज्यान गुमाएका छन्।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43217