अक्सिजन प्लान्टकोलागि कोरियाबासी नेपालीबाट सहयोग…

“अक्सिजनको अभावमा कोही मर्न नपरोस् ” भन्ने हेतुले भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा कोरियामा संकलित रकम रु १ लाख ५० हजार नेपालमा असार ७ गते एक कार्यकम गरी सहयोग हस्तान्तरण गरेका छन्।

भक्तपुर समाज दक्षिण कोरियाद्वारा संकलित रकम नेपालमा भक्तपुर समाजका संस्थापक तथा पूर्वअध्यक्ष रमेश खावाजुको संयोजकत्वमा सामूहिक रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ। भक्तपुर समाजका सस्थापक तथा पूर्व पदाधिकारीहरुसितको छलफल कार्यक्रममा मेयर सुनिल प्रजापतिले सहयोगको लागि धन्यबाद दिंदै जनताको सहयोगमा निर्माण भएको यस अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन जनताहरुलाई नै निशुल्क रुपमा प्रदान गरेको बताए।

हस्तान्तरण कार्यक्रममा भक्तपुर समाजका सल्लाहकार ओम सुवाल, संस्थापक तथा पूर्वउपाध्यक्ष दिनेश राज गिरी, संस्थापक तथा पूर्वसचिब संजन जोन्छे ,मोहन श्रेष्ठ , रोशन मैया सुवाल तथा राजु अवाल सहभागी भएका थिए।

कोरोनाको महामारीमा भक्तपुरमा बसोवास गरेका स्थानीय तथा बाहिरका नेपालीहरुमा अक्सिजनको अभावले कोही मर्न नपरोस् भन्ने हेतुले भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरेका छन्। भक्तपुर नगरपालिकाको यस अभियानलाई देश ,विदेशबाट धेरै नेपालीहरुले सहयोग गरेका छन्। हाल उत्पादित अक्सिजन नगरपालिकाले निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गर्दै आइरहेको छ।

त्यसै गरी दक्षिण कोरियामा समाजसेवामा निकै सक्रिय भक्तपुर समाजका अध्यक्ष तथा रकम संकलनका संयोजक रमेश गिरीले अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दक्षिण कोरियामा रहेका सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्दै कोरियामा दुख तथा बिरामी परेका नेपाली तथा भक्तपुर जिल्लाका साथीहरुलाई अनि नेपालमा आफ्नो जन्मभूमिमा बिपत तथा महाप्रलयको समयमा निरन्तर रुपमा सहयोग गर्ने बताए।

भक्तपुर समाजबारे

भक्तपुर समाज दक्षिण कोरिया सन् २०१३ मा विभिन्न कार्यको सिलसिलामा भक्तपुर जिल्लाका दुख तथा बिरामी परेका साथीहरुलाई सहयोग गर्ने तथा विपति, महाप्रलयमा आफ्नो जम्न्मभूमि भक्तपुर जिल्लाका असहाय , गरिबहरुलाई सहयोग गर्ने उदेश्यले कोरियामा स्थापना गरिएको हो।

भक्तपुर समाजले सुरुदेखि विदेशमा नै नेपाली कला संस्कृति संरक्षण गर्ने उदेश्यले दशैं, बिस्केटजात्रामा नेपाली परम्परागत तरिकाले सामूहिक रुपमा कार्यक्रम गर्दै मनाएका थिए। नेपालमा २०७२ सालमा आएको महाभूकम्पमा नेपालमा रहेका नेपालीहरुलाई सहयोग गर्न एनआरएनलाई टेन्ट सहयोग गरेका थिए।

महाभूकम्पपछि भक्तपुरको विभिन्न बिद्यालयमा गएर करीब २५ सय बिद्यार्थीहरुलाई कापी ,कलम तथा शैक्षिक सामाग्रीहरु वितरण गरेका थिए। त्यसै गरी भक्तपुरमा आर्थिक अभाबले उपचार गर्न कठिनाइ भोगिरहेका तिम्ल्याहा शिशुहरुको उपचारको दिनेश बनमालाको परिवारलाई कोरियाबाट रु १ लाख ३८ हजार संकलन गरेर सहयोग गरेका थिए।

भक्तपुर समाजले सन् २०२० मा दक्षिण कोरियामा अध्यक्ष रमेश गिरीको संयोजकत्वमा ” भ्वाइस अफ नेपालका ” बिजेता टोली कलाकारहरुलाौ दक्षिण कोरियामा बोलाएर ठूलो सांस्कृतिक कार्यक्रम ” भ्वाइस अफ नेपाल 2 धमाका” को आयोजना गरेका थिए।





Comments

comments

Leave a Reply

43220