हङकङ : एक्लै हाईकिङ गएकी बेपत्ता महिला मृत फेला परिन्…

न्युज डेस्क / एचकेनेपाल डट कम –

न्युज अपडेटः
हङकङ, ९ जुलाई। गत जुलाई ३ तारिख एक्लै हाईकिङ जाँदा बेपत्ता भएकी महिला आज शुक्रवार मृत फेला परेकी छन्।

भिभियान वोङ

४२ वर्षीया भिभियान वोङ गत शनिवार एक्लै पैदल यात्रामा गएदेखि बेपत्ता थिइन्। हङकङ पुलिस, फायर सर्भिस, नागरिक सुरक्षा बल र सरकारको उडान सेवाको सामूहिक प्रयाशपछि उनको शव फेला परेको हो।

उनको शव Ki Lun Shan Au मा भेटिएको जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन। पोस्टमार्टमपछि उनको मृत्युको निश्चित कारण थाहा हुने जनाएको छ।


हङकङ : एक्लै हाईकिङ गएकी महिला बेपत्ता…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ जुलाई। एक्लै हाईकिङ गएकी महिला शनिवारदेखि बेपत्ता भएकी छन्। ४२ वर्षीया भिभियान वोङ हिजो शनिवार एक्लै क्यु तुङ पैदल यात्रामा गएदेखि बेपत्ता भएकी स्थानीय समाचार माध्यमहरुले जनाएका छन्।

घरबाट दिउंसो १२ बजे हिडेकी उनले घर फर्केर डिनर खाने बताएकी थिइन्। तर राति ९ बजेसम्म घर नफर्केपछि बाबुले फोन गर्दा सम्पर्क हुन नसकेको उनकी बहिनीलाई उदृत गर्दै समाचारमा जनाएको छ।

परिवारले भिभियान वोङ सम्पर्कमा नआएकोले सहयोगको लागि प्रहरीमा रिपोर्ट लेखेको छ।

अत्यधिक गर्मीका कारण हिजो शनिवार पैदल यात्रामा गएका एक युवकको मृत्यु भएको थियो भने अर्का एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको थियो। अत्यधिक गर्मीका कारण सरकारले मानिसहरूलाई घर बाहिरको गतिविधिहरूमा नलाग्न चेतावनीसमेत दिएको थियो।





Comments

comments

Leave a Reply

43399