हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५३ पुगेको छ।

.

आयातित सङ्क्रमित ग्कम्बोडियाबाट आएकी २७ वर्षीया महिला रहेकी छन्।

हङकङमा कोरोना सङ्क्रमित ४१ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

आज ५९,६९९ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ४५,१८,१६१ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43597