हङकङ : कोरोना खोप लिनेलाई ५० लाख डलर लक्की ड्र जित्ने अवसर, नाम दर्ता आजबाट…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० जुलाई। हङकङका बिजनेस टाइकुन लि का सिंह, उनका व्यापारिक प्रतिष्ठान तथा फाउण्डेशनद्वारा संचालित २० मिलियन डलरको लक्की ड्रमा सहभागीको लागि नाम दर्ता प्रक्रिया आज (२० जुलाई) बाट शुरु भएको छ।

कोरोना भ्याक्सिनको दुई डोज पूरा लिइसकेका १८ वर्ष उमेर पुगेका हङकङ आईडी होल्डरले यस लक्की ड्रमा सहभागिता जनाउंन पाउंनेछन्।

  • विजेता एक जनालाई ५० लाख डलर
  • दोस्रो पुरस्कार २ जनालाई ३० लाख डलर
  • तेस्रो पुरस्कार ३ जनालाई १० लाख डलर
  • चौथो पुरस्कार १० जनालाई ५ लाख डलर
  • पाँचौं पुरस्कार २० जनालाई ५० हजार डलर

अनलाइन नाम दर्ता अवधि जुलाई २० तारिखदेखि सेप्टेम्बर १० तारिख ११:५९ बजेसम्म रहेको छ। सप्टेम्बर १३ तारिख लक्की ड्र खुल्ने र नतिजा २० तारिख घोषणा गरिने जनाएको छ।

नाम दर्ता गर्ने लिङ्कः https://www.ck-lksf-supportvaccine.hk/en/





Comments

comments

Leave a Reply

43761