हङकङ : कोरोना खोप लिनेलाई ५० लाख डलर लक्की ड्र जित्ने अवसर, नाम दर्ता आजबाट…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० जुलाई। हङकङका बिजनेस टाइकुन लि का सिंह, उनका व्यापारिक प्रतिष्ठान तथा फाउण्डेशनद्वारा संचालित २० मिलियन डलरको लक्की ड्रमा सहभागीको लागि नाम दर्ता प्रक्रिया आज (२० जुलाई) बाट शुरु भएको छ।

–

कोरोना भ्याक्सिनको दुई डोज पूरा लिइसकेका १८ वर्ष उमेर पुगेका हङकङ आईडी होल्डरले यस लक्की ड्रमा सहभागिता जनाउंन पाउंनेछन्।

  • विजेता एक जनालाई ५० लाख डलर
  • दोस्रो पुरस्कार २ जनालाई ३० लाख डलर
  • तेस्रो पुरस्कार ३ जनालाई १० लाख डलर
  • चौथो पुरस्कार १० जनालाई ५ लाख डलर
  • पाँचौं पुरस्कार २० जनालाई ५० हजार डलर
–

अनलाइन नाम दर्ता अवधि जुलाई २० तारिखदेखि सेप्टेम्बर १० तारिख ११:५९ बजेसम्म रहेको छ। सप्टेम्बर १३ तारिख लक्की ड्र खुल्ने र नतिजा २० तारिख घोषणा गरिने जनाएको छ।

नाम दर्ता गर्ने लिङ्कः https://www.ck-lksf-supportvaccine.hk/en/





Comments

comments

Leave a Reply

43761