हङकङ : हाईकिङ गएका पैदलयात्रीको बाढीले बगाएर मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० जुलाई। मा अन शान हाईकिङ गएका पैदलयात्रीको मंगलवार बाढीले बगाएर मृत्यु भएको छ।

फोटोः hk.on. cc

दुई पुरुष र दुई महिला गरी चार जना भएर मा अन शान हाईकिङ जाँदा ५० वर्षीय पुरुषलाई बाढीले बगाउंदा मृत्यु भएको समाचारमा जनाएको छ।

बिहान करीव पौने ११ बजे संगै आएको साथीलाई हिरो वाटर फलनजिकै बगाएर बेपत्ता पारेपछि उद्धारको लागि प्रहरीलाई खबर गरेको थियो।

प्रहरी र फायरफाइटरको टोलीले करीब ४ बजे बेपत्ता पैदलयात्रीलाई मृत पारेको थियो।

विहान टाईफून नंं. ३ सहित अविरल वर्षा हुंदा पानीको बहाव बढेपछि सरकारले बाहिरी गतिविधिमा नलाग्न नागरिकलाई सचेत गराएको थियो।

भावुक मृतकका आफन्त शव पहिचानपछि

गत साल अगष्ट महिनामा यही ठाउंमा पाकिस्तानी युवक हाईकिङ जाने बेलामा पानीमा डाईभ गर्दा मृत्यु भएको थियो।

फोटो सौजन्यः hk.on.cc





Comments

comments

Leave a Reply

43776