शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ। उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन्।

केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ।

शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई लिइने भएको छ। समाचारका अनुसार फिल्मका लागि नयनताराले हस्ताक्षर गरिसकेकी छन् । निर्देशक एटलीले उक्त फिल्म धेरै भाषामा बनाउने बताएका छन्।

फिल्ममा शाहरुख खानले दोहोरो भूमिका निर्वाह गर्ने जानकारी गराइएको छ भने नयनताराको भूमिका कस्तो रहने भन्ने विषयमा खुलासा गरिएको छैन । उक्त फिल्म सन् २०२१ को अन्तसम्म शुटिङ गरिनेछ।

रासस





Comments

comments

Leave a Reply

43845