हङकङ कोरोना न्युज अपडेट : हङकङमा लोकल केस जिरो, ५ आयातित थपिए …

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार ५ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९७१ रहेको छ। यद्यपि, स्थानीय कोरोना सङ्क्रमित भने थपिएको छैन।

आयातित सङ्क्रमितमा २ साउदी अरेबिया, १ संयुक्त राज्य अमेरिका, १ कम्बोडियाका र १ जना बंगलादेशबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये २० जना आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३२ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43830