हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ अगष्ट। सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९९७ पुगेको छ।

आयातित सङ्क्रमितमा दुबई र संयुक्त राज्य अमेरिकाबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित २६ जनाको उपचार भइरहेको छ। आज २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44192