लोक दोहोरीकी स्थापित कलाकार मुना थापामगर

बिनोद श्रेष्ठ / एचकेनेपाल डट कम –
२०६० मा “केबुलकारमा गेट” गीतको बोलबाट लोक गायन क्षेत्रमा प्रबेश गरेकी लोक गायिका मुना थापामगर अहिलेका जल्दो बल्दो लोक कलाकारहरूको अग्र पंक्तिमा अाँउछिन्। गोरखाको मनकामना ९ लामाछापमा जन्मिएकी थापामगर सानै उमेरदेखि गीत संगीतमा रूचि राख्ने र स्थानीय स्तरका कार्यक्रमहरूमा अाफ्नो प्रतिभा प्रस्तुत गर्थिन्।

निम्न मध्यम बर्गिय परिवारमा हुर्किएकी उनी नम्र,मिलनसार स्वभाब तथा लगनशिलताले अाज सबैको मन मुटुको धड्कन बन्न पुगेकी छिन्। करीब २००० भन्दा बढी गीतमा अाफ्नो सुमधुर स्वर दिइ सकेकी गायिका मुनाले एकल तथा थुप्रै दोहोरी एल्बमहरू बजारमा अाइसकेका छन्। धेरै जसो मार्मिक तथा भाबुक गीत गाएर दर्शक तथा श्रोताहरूको मन जित्न सफल उनको पहिलो एकल गीति संग्रह “छोरी” मा समेटिएको- (चिसो चिसो हावा सररररर) ले अझै उनको गायन क्षेत्रमा गतिलो इटा थप्न पुग्यो।

भनिन्छ, संघर्ष, निरन्तरता र मेहनेतले मानिस सफल हुन्छ। यहि उक्तिबाट गायिका थापाले संगीतिक यात्रामा प्रबेश गर्दा बिभिन्न किसिमका अारोह अबरोहको चुनोैतीको सामना गरिन्। उनीले स्वर दिएको गीत अरूको नामबाट बजार ब्याबस्थापन भएको घटनाको ताजा स्मरण गर्छिन्। अाफूले स्वर दिएको गीति एल्बम जह्याह पोइ र रूवायो साराले त्यति धेरै श्रोता तथा दर्शकको मन जित्न नसकेपछि मुनाले लामो संघर्ष बेहोर्नु पर्यो। फल स्बरूप २०६६ मा एकल गीति एल्बम छोरीले एका एका बजार तताएपछि मुनाको सर्बत्र चर्चा चल्न थाल्यो।

प्रत्यक्ष लोक दोहोरीमा अब्बल मानिने गायिका थापाले बिभिन्न चर्चित एल्बम मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा नयाँ अायाम थप्न सफल भएकी छिन्। उनको पछिल्लो एल्बम तिते करेलीले एक समय सम्पूर्ण दर्शक श्रोताको मन जित्न सफल भयो। तिमी राम्रो हाँसोले, साथै तिज गीत तिम्रै लागि र कम्मर भाँचन जस्ता थुप्रै गीतहरूले उनलाइ अझै शक्ति प्रदान गर्यो। मुना थापा मगर र राजु गुरूङको हालै बजारमा अाएको गीति एल्बम चरी बस्यो बरको डालीमा पनि बजारमा अाइसकेको छ।

पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा देखा परेको बिकृतिलाईको बाबजुत पनि लोक सस्कृतिको जगेर्नाको तथा लोक पहिचानको कुनै कसर बाँकी नराख्ने मुना साधरणतया अाफ्नै भेषभूषा, रितिरिवाज झल्कने खालको पहिरनमा प्रस्तुत हुने गर्छिन्। देशको अधिकांश जिल्लाहरूमा अाफ्नो प्रस्तुती देखाइ सकेकी मुनाले २० भन्दा धेरै मुलुकमा पनि पुगिसकेका छिन्। कोरिया, हङकङ र तेश्रो पटक यु.ए.इमा अगष्ट २२ मा अाउदै छिन्।

स्टेज गीत तथा रेकडिङमा ब्यस्त गायिका मुना थापामगरले विदेश र स्वदेशको कार्यक्रम तथा गीत रेकर्डबाट आउने पारिश्रमिकको बारेमा उनी खुलेर यति नै कमाएँ भन्न लजाउँछिन्। भन्छिन्, लोकगीतलाई अाफ्नो जीबन ठान्दै, गीत संगीतले मलाई जति दिएको छ, पूर्ण सन्तुष्ट छु। अबिबाहित गायिका मुना ब्यस्तताले लगन गाँठो कस्न नभ्याएको बतााछिन्। लज्जाउदै लगन अाँउदा छेकेर छेक्न नसक्ने उनको तर्क छ।





Comments

comments

445