Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१२ औं आहा रारा गोल्ड कपबाट २९ लाख बचत

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा २८, असार। मोफसलको प्रतिष्ठित बाह्रौं संस्करणको आहा रारा गोल्डकप २०७० बाट २९ लाख १ हजार ७ सय ५७ रुपियाँ वचत भएको छ। गत फागुन २० गतेदेखि चैत्र १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट सो रकम बचत भएको सहारा क्लबका सल्लाहकार एवं अर्थ संयोजक प्रकाश शेरचनले बताए।


तस्वीरः सुदरर्शन रञ्जित /एचकेनेपाल डट कम

क्लवले शनिबार आहा रारा गोल्ड कपको आय–व्याय सार्वजनिक गर्दै ११ दिने उक्त प्रतियोगिताबाट ७८ लाख ६२ हजार ७ सय ६४ रुपियाँ आम्दानी गर्न सफल भएको शेरचनले बताए। उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न ४९ लाख ६० हजार ९ सय ५७ रुपियाँ खर्च भएको छ।

क्लबले मुख्य प्रायोजक मार्फत ९ लाख, सह प्रायोजकबाट ४ लाख, उप प्रायोजकहरुबाट १ लाख ५० हजार, पोखरा उपमहानगरपालिकाबाट १ लाख, रोयल बिग मास्टर १ लाख, राष्ट्रिय खेलकुद परिषद १ लाख, पृथ्वीराजमार्ग बस संचालक समितिबाट १ लाख, नोभा शुद्व र ताजा दुध ९५ हजार, ईको पानी ७० हजार सहयोग स्वरुप प्राप्त भएको क्लवले जनाएको छ। प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनमा खर्च गरिने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए। क्लबले एघारौं संस्करणमा भने १६ लाख ५६ हजार ६ सय ६४ रुपियाँ वचत गरेको थियो।

एघार दिनसम्मको गेट टिकटबाट ३१ लाख ३९ हजार १ सय १७ रुपियाँ र सिजनल टिकटबाट २ लाख १६ हजार र व्यानर विज्ञापनबाट १९ लाख ३८ हजार ९ सय १० रुपयाँ आम्दानी भएको क्लबले जनाएको छ। यसैगरी क्लबले प्रतियोगितामा मैदान व्यवस्थापन तर्फ ३ लाख ८० हजार ८ सय ८० रुपियाँ, खेलाडी प्रोत्शाहन खर्च ६ लाख २७ हजार रुपियाँ, खेलाडी दैनिक भम्रण भत्ता १२ लाख ६८ हजार ३ सय २० रुपियाँ खर्च, रेफ्री तर्फ २ लाख ६० हजार ५ सय ५ रुपयाँ भएको क्लबका कोषाध्यक्ष विश्वराज बरालले जानकारी दिए।

बाह्रौं संस्करणको उपाधि सहारा क्लब पोखराले मनाङ्घ मस्र्याङ्घदी क्लबलाई पराजित गर्दै जितेको थियो। हाल सहारा एकेडेमी दोविल्लामा २२ जना बालकहरु रहेको महासचिव केशव बहादुर थापाले बताए। आय–व्याय सार्वजनिक कार्यक्रममा सहभागीहरु मध्यबाट लक्की ड्र गर्दा पत्रकार निम दक्त सुवेदीले एक थान मोवाईल उपहार पाएका छन।





Comments

comments

447