हङकङमा छुरी देखाएर दिउंसै नेपाली महिलाको सुनको सिक्री लुटियो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ सेप्टेम्बर । हङकङमा दिउंसै फलफूल काट्ने छुरी देखाएर नेपाली महिलाको घाँटीको सुनको सिक्री (हार) लुटिएको छ।

प्रतीकात्मक फोटो

स्थानीय सञ्चारमाध्यमका अनुसार दिउंसो करीव १२ बजे क्वोन तोङस्थित Sau Nga Road मा बस पर्खिरहेको बेलामा ६८ वर्षीया नेपाली महिलाको करीव ३५ हजार हङकङ डलर पर्ने सुनको सिक्री (हार) लुटिएको हो।

अन्दाजी ३५-४० वर्ष उमेरका लुटेराले सिक्री लिएर भागेपछि प्रत्यक्षदर्शीले सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए।

घाँटीमा चोट लागेका पीडित महिलालाई प्यारामेडिक्स टोलीले पट्टी बाँधेर उपचारका लागि अस्पताल लगिएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।





Comments

comments

45450