Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल केस जिरो, इम्पोर्टेट केस ४.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल केस जिरो, इम्पोर्टेट केस ४..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा सोमवार ४ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२३१ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना सङ्क्रितको संख्या आज पनि शून्य नै रहेको छ।

आयातित सङ्क्रमितमा २ जना फिलिपिन्स, १ जना इन्डोनेसिया र १ जना इजिप्टबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५२ जनाको उपचार भइरहेको छ। आज थप ६ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो




Comments

comments

45559