५० दिनको रेकर्ड तोड्दै हङकङमा देखियो लोकल केस, ९० जनालाई क्वारेन्टिन, किन्डरगार्टेन स्कूल ३ दिन बन्द..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवारको न्युज ब्रिफिङमा हङकङमा १ जना लोकल केस थपिएको जनाएको छ।

५० दिनभन्दा बढी शून्य सङ्ख्यामा रहेको रेकर्ड तोडिदै नयाँ स्थानीय केस थपिएको हो।

एयरपोर्टको सुपर टर्मिनल १ मा कार्यरत २९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। उनमा कोरोना पोजेटिभ देखिएपछि उनका निकट सम्पर्कमा रहेका ९० जनालाई क्वारेन्टिनमा पठाइने भएको छ। उनी Golden Glory Court, Golden Lion Garden Phase 1 in Tai Wai मा श्रीमति र छोरीसंग बसोबास गर्ने रहेका छन्।

उनका ५ वर्षीया छोरी पढ्ने ताई वाईस्थित चान किङ हर किन्डरगार्टेन ३ दिनको लागि बन्द गरिने भएको छ। उनका झण्डै ३० सहपाठीहरुलाई पनि क्वारेन्टिनमा पठाइने भएको छ।

हङकङमा १ नयाँ आयातित केस थपिएको छ। उनी बेलायतबाट आएका २९ वर्षीय युवक रहेका छन्।

हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२५४ पुगेको छ।

हङकङमा कोरोना सङ्क्रमित ५८ जनाको उपचार भइरहेको छ। ५ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

45653