हङकङ कोरोना न्युज अपडेट- हङकङमा १ मात्र इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार हङकङमा १ मात्र आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३६१ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसमा उच्च जोखिम बर्गीकृत बेलायतबाट आएकी ४६ वर्षीया महिला सामेल छिन्। क्वारेन्टिनमा बसेको बेला परीक्षण गर्दा उनमा म्युटन स्ट्रेन्स देखिएको जनाइएको छ।

पछिल्लो १४ दिनमा ४८ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ७६ जनाको उपचार भइरहेको छ। थप ७ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग हेर्नुभएको छैन भने हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

46407