हङकङमा घरेलुसहायकलाई कुटपिट गरेकी मालिक्नीलाई ६ वर्ष जेल सजाय

रासस/एएफपी, हङकङ – हङकङकी एक महिलालाई आफ्ना एक इन्डोनोसियाली सहयोगीलाई कुटपिटलगायत अनुचित व्यवहार गरेको आरोपमा आज ६ वर्षको जेल सजाय भएको छ।

हङकङको श्रम कानुनअनुसार वान तुङ्ग नाम गरेकी ती महिलालाई ६ वर्षको जेल सजाय अदालतले सुनाएको हो। उनी माथि इन्डोनेसियाका २४ वर्षीया इर्वीआना सुलीस्त्यानीङ्गसुहलाई श्रमबापतको मासिक ज्याला नदिनुका साथै पीडादायक यातना दिएको आरोपमा जेल सजाय भएको हो।

पछिल्लो तथ्याङ्कअनुसार एसिया र मध्यपूर्वी राष्ट्रहरुमा विदेशी घरेलु कामदार माथिको दुव्र्यहार धेरै मात्रामा फेला परेको बताइएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार एसियाली राष्ट्रहरुमा १२ प्रतिशत कामदारको मात्र न्यूनतम ज्याला सुुनिश्चित् गरिएको एक अध्ययनले देखाएको छ।

तर मध्यपूर्वमा यो एक प्रतिशत मात्र रहेको जनाइएको छ। सन् २०१३ माा हङकङस्थित तीन हजार भन्दा बढी विदेशी कामदारमाथि गरिएको एक सर्वेक्षणअनुसार पाँचमा एक जनालाई शारीरिक यातना दिने गरिएको पनि सो अध्ययनमा देखिएको छ।

त्यसैगरी ५८ प्रतिशतले उनीहरुमाथि गालीगलौज हुने गरेको बताएका थिए। त्यसैगरी छ प्रतिशतले भने उनीहरु यौनजन्य हिंसाबाट सताइएका जनाएका थिए।





Comments

comments

4670