Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एप्पललाई ५ करोड ३० लाख डलर जरिवाना

एजेन्सी – विश्वप्रसिद्द टेक्नोलोजी कम्पनी एप्पलाई प्रतिलिपि अधिकार तोडेको अभियोगमा अमेरिकास्थित एक अदालतले ५ करोड ३० लाख डलर जरिवाना गराएको छ। एप्पलले टेक्सासस्थित स्मार्टफ्ल्यासको तीनवटा उत्पादनको प्रतिलिपि अधिकार तोडेकोमा अदालतले दोषी ठहर गरेको हो।

स्मार्टफ्ल्यासले आईट्यून्सबाट डाउनलोड गरिने गेम र गीतको स्टोर गर्न एप्पलले प्रयोग गरिरहेको डाटा म्यानेजमेन्ट र स्टोरेज टेक्नोलोजी आफ्नो भएको दाबी गरेको छ। एप्पलले त्यसको प्रयोग गर्दा आफूसँग अनुमति नलिएको स्मार्टफ्ल्यासको आरोप छ।

स्मार्टफ्ल्या प्रतिलिपि अधिकारकालागि लाइसेन्स भएको कम्पनी हो। आठ घण्टा लामो बहसपछि न्यायाधीशले एप्पलले जानी जानी प्रतिलिपि अधिकार तोडेको निचोड निकालेका थिए।

स्मार्टफ्ल्यासले ५२८२ करोड माग गर्दै मुद्दा हालेको थियो। एप्पल भने जरिवाना तिर्न अस्वीकार गर्दै फैसलाविरुद्द अपिल गर्ने जनाएको छ। यो मुद्दा सन् २०१३ बाट अदालतमा चलिरहेको समाचार अन्नपूर्णपोष्ट अनलाइन संस्करणले प्रकाशित गरेको छ।

सन् २००० तिर यो प्रविधि बनाउने टिममा रहेका प्याट्रिक र्‍यासले अगस्टिन फ्यारुजिया नामका एक व्यक्तिलार्इ यो उत्पादनबारे जानकारी गराएका थिए। त्यसपछि अगस्टिन एप्पलमा निर्देशक पदमा पुगेका थिए। कम्पनीले भने त्यो उत्पादनमा आफ्नो प्रतिलिपि अधिकार रहेको दाबी गरेको थियो।





Comments

comments

4667