Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरिया भानुजयन्ती भब्य रुपमा मनाईयो

निश्चल काउचा / एचकेनेपाल डट कम –
सिवल कोरिया। कोरियाको राजधानी सिवलस्थित नेपाली राजदूताबासको सभाहलमा आदिकवि भानुभक्त आचार्यको २ सयौं जन्म जयन्तीको भब्य रुपमा सम्पन्न भयो।

कार्यक्रममा नेपाली राजदूत कमानसिह लामा, श्रम सहचारी अनिल गुरुङ, एनसिसी अध्यक्ष लोचन राई, कोरियन कविहरू किम ह्योङ ह्यो, मुन छाङ्गिल, किम यिहा, एनआरएन, जनजाती महासंघ, अनेसास कोरिया च्याप्टर, नेसास कोरियाका प्रतिनिधिलगायत पत्रकार, बिद्यार्थी, ब्यबसायीलगायत साहित्य अनुरागीहरूको बृहत उपस्थिती रहेको थियो।

कार्यक्रममा कमलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको जीवनीको बारेमा प्रकाश पारेका थिए। आफ्नो मन्तब्य राख्ने क्रममा कोरियन कवि किम ह्योङ ह्योले कोरियामा नेपाली र कोरियन कविहरूको माझमा भानु जयन्ती मनाउन पाउंदा खुशी लागेको बताउदै यस्ता कार्यक्रमले कोरियन र नेपाली साहित्यको बीचमा सेतुको काम गर्ने बताए।

नेपाली राजदूत कमानसिह लामाले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा योगदान पुर्याएको चर्चा गर्दै बिदेशमा पनि भानु जयन्ती मनाउन पाउदा अत्यन्त गौरव लागेको सुनाउनु भयो।

सोही समारोहमा ”राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय जन्मजयन्तीको अबसरमा संकलित साहित्य सृजनाहरू” नामक स्मारिक पनि बिमोचन गरिएको थियो। उक्त स्मारिकामा कोरियामा रहनु हुने सर्जकहरू कमान सिह लामा, सनराईज राई, अमिता चाम्लिङ राई, उमा गुरुङ, केशब चापागाई, कल्पना राई ”खुशी” , गंगा पौडेल, डी. आर ”अटु”, श्रीराम तमु, मिना राई, झबिन्द्र बेल्बासे, कमलप्रसाद अर्याल, श्यामकुमार राई, देव सागर नविन नेपाल, निश्चल काउचा, सुमित्रा मिश्र, येश्वर्य श्रेष्ठ, प्रगति राई, अनिल गुरुङ, जीवन खत्री , गोवर्धन पूजा, बिनोद बान्तवा, निरज साम्पाङ, सकुन आँशु, शोभा श्रेष्ठ र कोरियन कविहरू किम यिहा र किम ह्योङ ह्योका रचनाहरू सग्रहित छन्।

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समितिकी अध्यक्ष मञ्जु गुरुङले आफ्नो मन्तब्य राख्ने क्रममा परदेशी भूमिमा पनि नेपाली साहित्यलाई माया गरेर आदिकवि भानुभक्त आचार्यको २ सयौं जन्म जयन्ती समारोह उपस्थित भैइदिनु भएकोमा सम्पूर्ण संस्थाका प्रतिनिधिहरू पत्रकार, बिद्यार्थी, ब्यबसायीलगायत सम्पूर्ण साहित्य अनुरागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। सोही अबसरमा सूर्य खत्री, अनिल गुरुङ, सुमित्र मिश्र, बलदेव भट्टराई, प्रमोस सारांग, प्रबिण राई, निश्चल काउचालगायतका कविहरूले आफ्ना- आफ्ना रचना सुनाएका थिए। कार्यक्रमको संचालन बिदुर शर्माले गर्नु भएको थियो।





Comments

comments

469