पाकिस्तानी शेफलाई हङकङमा १० वर्षको जेल सजाय

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० जनवरी । हङकङको उच्च अदालतले बौद्धिक रूपमा अपाङ्गता भएकी ९ वर्षीया मङ्गोलियाली बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा पाकिस्तानी शेफलाई १० वर्षको जेल सजाय सुनाएको छ।

सिम शा चुईको चुङकिङ मेन्सन्सस्थित एक होटलमा बसिरहेको बेला ५७ वर्षीय विवाहित पाकिस्तानी पुरुषमाथि जबरजस्ती करणीको आरोप लगाइएको थियो। १३ डिसेम्बर २०२० मा उच्च अदालतमा उक्त पुरुषविरुद्ध मुद्दा दायर भएको थियो।

७ जना जुरीको सर्वसम्मति फैसलाले प्रतिवादी बलात्कारमा दोषी नभएको तर ६ देखि १ को अनुपातमा बलात्कार प्रयासको वैकल्पिक अभियोगमा दोषी ठहर गरेको हो।

उनलाई आज (१० गते) उच्च अदालतले १० वर्षको कैद सजाय सुनाएको हो। न्यायाधीशले प्रतिवादी र पीडितबीचको उमेरको अन्तर ठूलो भएकोले पीडितलाई गहिरो प्रभाव पारेको बताए।

५७ वर्षीय प्रतिवादी अफताब अमिरसँग हङकङको परिचयपत्र रहेको र उनको चिनियाँ नाम मा ली रहेको जनाइएको छ। विवाहित अफताब अमिर १९८१ मा चुङ किङ मेन्सन्सको एक रेस्टुरेण्टमा शेफको रूपमा काम गर्न हङकङ आएका थिए। उनी र उनका श्रीमतीका पाँच छोरा र चार छोरीहरू छन्, जो सबै हाल पाकिस्तानमा बस्छन्।

उनीमाथि ८ अक्टोबर २०१९ मा चुङकिङ मेन्सन्सको एउटा होटलको कोठामा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लगाइएको थियो।

घटनाको समयमा बालिका आफ्नी आमा र उनका जुम्ल्याहा भाइसँग हङकङमा शरणार्थीको रूपमा बस्दै आएका थिए। क्लिनिकल मनोवैज्ञानिकका अनुसार बालिकाको आईक्यु २ वर्ष १० महिनाको बच्चाको जस्तो मात्र रहेको विश्वास गरिएको छ।

.

.

.

.





Comments

comments

47741