हङकङमा थपिए २४ सङ्क्रमित, मेई फूमा लक डाउन…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार कोविड १९ को नयाँ २४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये १९ आयातित र ५ आयातित केससंग सम्बन्धित छन्। आज संक्रमण पुष्टि भएकामध्ये १९ जना आयातित केसमा N501Y र T478K भेरियन्ट भाइरस देखिएको छ। अधिकांश बिरामीहरू ओमिक्रोन भेरियन्ट भाइरसबाट संक्रमित भएको आशंका गरिएको छ।

तीमध्ये संक्रमणको स्रोत नखुलेको केसमा कजवे बेस्थित सोगो डिपार्टमेन्टल स्टोरमा पार्ट टाइम गर्ने एक २० वर्षीया महिला रहेकी छन्। यससंगै, हङकङमा हालसम्म १२ हजार ९५९ जनामा संक्रमण देखिएको छ।

हङकङमा कोरोना सङ्क्रमित ३ सय ९० जनाको उपचार भइरहेको छ। थप २२ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

मेई फूमा लकडाउन

एक बासिन्दामा कोभिड-१९ पोजेटिभ देखिएपछि मेई फू सन चुएनको एउटा ब्लकमा लकडाउन गरिएको छ।

सरकारले लकडाउन गरी निम्न ठाउंमा बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

5-7 Nassau Street, Mei Foo Sun Chuen Phase 5, Mei Foo.

त्यसैगरी, सम्बन्धित स्थानमा पुगेका व्यक्तिहरूलाई समेत अनिवार्य परीक्षण गराउंन आग्रह गरिएको छ।

….





Comments

comments

47730