हङकङका किन्डरगार्टन र प्राथमिक विद्यालयहरू शुक्रबारदेखि बन्द हुने..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ जनवरी । हङकङका किन्डरगार्टन र प्राथमिक विद्यालयहरूले शुक्रबारदेखि फेस टु फेस क्लास (आमनेसामने पठनपाठन) बन्द गर्ने भएका छन्।

पछिल्लो समय हङकङमा म्युटेन्ट भाइरस ओमिक्रोन बढ्दै गएपछि सरकारले आज (११ तारिख) किन्डरगार्टन र प्राथमिक विद्यालयमा शुक्रबार (१४) देखि चाइनिज नयाँ वर्षको बिदासम्म आमने–सामने पठनपाठन बन्द गर्ने घोषणा गरेको हो। हङकङका कार्यकारी प्रमुख क्यारी लामले यस घोषणाले माध्यमिक विद्यालय प्रभावित नहुने जनाएकी छन्।

त्यसै गरी, सरकारले ५ देखि ११ वर्षका बच्चाहरूलाई सिनोभ्याक खोप दिइने तयारी गरेको छ। सरकारले खोप टोलीहरूलाई स्कूलहरूमा सुई दिन पठाउनेछ ताकि आमाबाबुले आफ्ना बच्चाहरूलाई व्यक्तिगत रूपमा खोप लगाउन ल्याउनु पर्ने छैन।

साप्ताहिक प्रेस ब्रीफिङमा बोल्दै हङकङकी नेता लामले भनिन् कि अहिलेसम्म तीन बालबालिकालाई उनीहरूको परिवारका सदस्यहरूबाट कोरोनाभाइरस सङ्क्रमण भएको छ र तीनै जना निको नहुदै विद्यालयमा फर्केका छन्।

लामले विद्यालयका बालबालिका र शिक्षकहरूलाई क्वारेन्टिन केन्द्रहरूमा पठाइनु उचित नदेखिएको भन्दै समाजमा अझै अदृश्य संक्रमणको जोखिम बाँकी रहेकोले किन्डरगार्टन र प्राथमिक विद्यालयहरूका फेस टु फेस क्लास बन्द गर्नु परेको बताएकी छन्।





Comments

comments

47752