हङकङमा थपिए ११ सङ्क्रमित, एबरडीनमा लकडाउन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले आईतवार कोभिड-१९ को नयाँ ११ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये ८ आयातित, १ आयातित केससंग सम्बन्धित, १ अघिल्लो केससँग सम्बन्धित र एक केस अनुसन्धानको क्रममा रहेको जनाइएको छ।

यससंगै, हङकङमा हालसम्म १३ हजार ४१ जनामा संक्रमण देखिएको छ।

हङकङमा कोरोना सङ्क्रमित ३ सय ८८ जनाको उपचार भइरहेको छ। थप २२ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

एबरडीनमा लकडाउन

पेट सपमा काम गर्ने २३ वर्षीया महिलामा प्रारम्भिक परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि सरकारले एबरडीनको निम्न स्थानमा लकडाउन गरी त्यहाँ बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ। उनी Causeway Bay को Little Boss Pet Shop मा सेल्स पर्सनका रुपमा कार्यरत थिइन्।

2-4 Tung Sing Road, Aberdeen, excluding the shops located on G/F of 2-8 Tung Sing Road

….





Comments

comments

47901