हङकङमा थपिए १८ सङ्क्रमित, डेल्टा भाइरस देखिएपछि २ हजार ह्याम्स्टर मारिने..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार कोभिड-१९ को नयाँ १८ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये ७ आयातित, १० आयातितसंग सम्बन्धित र १ स्थानीयसंग सम्बन्धित रहेका छन्। यससंगै, हङकङमा हालसम्म १३ हजार ६६ जनामा संक्रमण देखिएको छ।

त्यस्तै आज लगभग १० प्रारम्भिक केसहरू दर्ज गरिएको छ। पाँचौं लहर सुरु भएयता एकै दिनमा स्थानीय तहमा देखिएको यो सबैभन्दा धेरै सङ्ख्या हो।

कजवे बेस्थित लिटल बोस पेट स्टोरमा काम गर्ने महिला डेल्टा भेरियन्टबाट संक्रमित भएको पुष्टि भएको छ। सरकारले पसलमा बेच्न राखिएका पाल्तु जनावरहरूको परीक्षण गर्दा लिटिल बोस अन्तर्गत धेरै पसलका ह्याम्स्टरहरूमा डेल्टा भाइरसका नमूना फेला परेको जनाएको छ। सोही पसलमा ह्याम्स्टर किन्न गएकी ६७ वर्षीया महिला ग्राहकसमेत डेल्टा भेरियन्टबाट संक्रमित भएको पाइएको छ। उनका श्रीमानमा पनि प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको जनाएको छ।

लिटल बोस पसलका ११ ह्याम्स्टरहरूमा डेल्टा भेरियन्ट भाइरसका नमूना देखिएपछि सरकारले पसलमा बेच्न राखिएका हङकङभरका झण्डै २ हजार ह्याम्स्टरहरू मार्ने जनाएको छ। सरकारी अधिकारीहरूले नागरिकहरूलाई गत वर्ष डिसेम्बर २२ देखि खरिद गरिएका ह्याम्स्टरहरू सरकारलाई फिर्ता गर्न आह्वान गरेको छ ताकी तिनीहरुलाई मार्न सकियोस्।

हङकङमा कोरोना सङ्क्रमित ३ सय ५३ जनाको उपचार भइरहेको छ। थप २३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

एबरडीन, तुङ चुङ र लाइ चि कोकमा लकडाउन

निम्न भवनहरुमा बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन सरकारले आग्रह गरेको छ।

  • Ka Sing House (Block A), Ka Lung Court, 33 Tin Wan Praya Road, Aberdeen,
  • Monterey Cove Tower 1, Caribbean Coast Phase 1, 2 Kin Tung Road,
  • Tung Chung and 72-74 Broadway, Mei Foo Sun Chuen Phase 3, Lai Chi Kok,

….





Comments

comments

47933