काबुल, पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ।
सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौ घरमा क्षति पुगेको अल जजीराले जनाएको छ।
प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्।
‘भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका रहेको पनि प्रवक्ताले उल्लेक गरेका छन्।
पहिलो भूकम्पको दुई घण्टापछि उक्त क्षेत्रमा ४.९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन्।
आपतकालीन मामिलाका लागि राज्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मृत्युको संख्या पुष्टि गर्दै सात हजारभन्दा बढी घरमा क्षति पुगेको पनि बताएका छन्।
भूकम्पले प्रान्तको मुकर जिल्लाका बासिन्दालाई पनि क्षति पुर्याएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए। रासस / एएनआई
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)