हङकङमा आज थपिए ३,२५४ संक्रमित, दुई विमानलाई हङकङमा प्रतिबन्ध..!

एचकेनेपाल डट कम –

हङकङ, ५ अप्रिल । हङकङमा आज ३,२५४ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १६ आयातित, ० डेल्टा र ९२३ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,५१,१८३ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ८१ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ६० वर्षदेखि १०० वर्ष उमेरबीचका ५५ पुरुष र २६ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ८१३६ पुगेको छ।

१२ जना विरामीको अवस्था चिन्ताजनक र २४ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ७१ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १४४७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २१,३१९ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १९,३८८ निको भएर काममा फर्किएका छन्।

आयातित १६ केसहरुमा म्यानचेस्टरबाट ५, टर्की, नेदरल्याण्ड र कतारबाट ३, क्यानडाबाट १, अष्ट्रेलियाबाट १, फ्रान्सबाट १ रहेका छन्। अन्य २ जना सिंगापुर र स्पेनबाट आएका रहेका छन्।

यसैबीच, हङकङ सरकारले कतार एयरवेजको दोहाबाट हुने उडान र म्यानचेस्टरबाट हुने क्याथे प्यासिफिक उडानबाट यात्रु ल्याउंन १ हप्ता अप्रिल ६ देखि अप्रिल १२ सम्म प्रतिबन्ध लगाएको छ।





Comments

comments

49663