रुक्सानाको स्वरमा एपीको ‘सम्झना नै आजभोलि’ सार्वजनिक

धरान । द भोइस किड्सबाट चर्चामा आएकी गायिका रुक्साना लिम्बुले सांगीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा एकदमै व्यस्त भएकी छिन्।

दुई दर्जन गीत रेकर्ड गरिसकेकी रुक्शनाको स्वरमा अर्को गीत आएको छ।

स्व. खेमराज गुरुङको संगीत तथा टिका चाम्लिंगको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत ‘सम्झना नै आजभोलि’ लाई रुक्साना लिम्बुको स्वरमा किड्स भर्सनको रुपमा रेकर्ड गरि स्टुडियो भिडियो सार्वजनिक गरिएको छ।

उक्त गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्बम ‘मेहनत’मा समावेश यो गीतले त्यसबेला निक्कै चर्चा कमाएको थियो। त्यहि गीतलाई रुक्सानाले एकदमै भावमा डुबेर गाएको र सबैले मनपराउनु हुने कुरामा गायक एपी ढुक्क छन्।

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङ्फे र सम्पादन अर्जुन खड्काले गरेका छन् भने पृथक स्टुडियोमा गीत रेकर्ड गरिएको हो।

लिङ्क





Comments

comments

49951
%d bloggers like this: