एचकेनेपाल डट कम –
हङकङ, १७ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केस आज ७४७ मा झरेको छ।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वानका अनुसार संक्रमितमध्ये ११ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,८५,१९४ पुगेको छ।
हङकङमा २४ घण्टाभित्र थप २४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ८,९२६ बिरामीको मृत्यु भएको छ।
२४ घण्टामा ६४७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।