युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

किभ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ।

उहाँहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो। त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिनुभएको छ।

उहाँले ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको बताइएको छ। यसअघि उहाँले दुई दिन अघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयन म्याक्रोँसँग पनि कुराकानी गर्नुभएको थियो। युक्रेनमा रुसले आक्रमण गरेपछि पछिल्ला समयमा युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको बताइन्छ। रासस/सिन्ह्वा

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

50262