युवती हत्या प्रकरणमा युन लङबाट थप ३ जना पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, ३० अप्रिल ।  शवलाई दिनमै ट्रलीमा घिसार्दै गरेको चर्चित युवती हत्या प्रकरणमा संलग्न थप ३ जना शनिवार पक्राउ परेका छन्।

ट्रलीमा शव घिसार्दै संदिग्ध युवक

प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका तीनै जना एकै घरमा बस्दै आएका रहेका छन्। उनीहरु युन लङको टिन शुई वाईस्थित तिन हा रोडबाट पक्राउ परेका हुन्।

स्रोतका अनुसार प्रहरीले दुई पुरुष र एक महिलालाई “अवैध शव व्यवस्थापन” को आशंकामा पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मृतकको लुगा रगतले लतपतिएको, टाउको प्लाष्टिकको र्‍यापले बेरेको, काँध खुट्टासम्म र हातमा पारदर्शी टेपले बाँधिएको थियो। मृतकको शरीरमा करिब १ सेन्टिमिटर लामो घाउ र टाउकोको पछाडि रगतको दाग, हात र बायाँ काँधमा चोट लागेको र दुवै खुट्टामा जलेको दाग रहेको छ।

हिजो शुक्रबार युन लङको टिन शुई वाईस्थित तिन हा रोडमा ३० वर्षीया प्रेमिकालाई हत्या गरेको आशंकामा युवक पक्राउ परेका थिए। दिनको उज्यालोमै आफ्नी प्रेमिकाको शव बेरेर ट्रलीमा घिसार्दै गरेको अवस्थामा प्रहरीले २५ वर्षीय एनजीलाई पक्राउ गरेको थियो।

ट्रली पल्टेर खुट्टासहित अन्य अंग देखेपछि मानव शव भएको आशंकामा प्रत्यक्षदर्शी एक महिलाले प्रहरीलाई खबर गरेका थिए।

मृतक युवती र सेतो घेरामा संदिग्ध युवक

प्रहरीले युवकलाई हत्याको आरोपमा पक्राउ गरी सोधपुछको लागि हिरासतमा राखिएको छ। संदिग्ध र महिला प्रेमीप्रमिका एकै ठाउंमा काम गर्ने सहकर्मी थिए।

स्थानीय मिडियाले छिमेकी र चिने जानेहरुको भनाईलाई उदृत गर्दै संदिग्ध युवक दयालु, सोझा र राम्रा स्वभावका रहेको बताएको छ। तर, उनी धेरै पटक उनका प्रेमिका र अन्य महिलाबाट दुर्व्यवहार संहदै आईरहेका थिए। र तिनीहरुले उनलाई “मानव एटीएम” को रूपमा प्रयोग गरिदै आएका थिए।





Comments

comments

50243