Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
प्रेमिकाको हत्या आरोपमा युन लङबाट युवक पक्राउ… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

प्रेमिकाको हत्या आरोपमा युन लङबाट युवक पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, २९ अप्रिल । प्रेमिकालाई हत्या गरेर दिनमै ट्रलीमा घिसार्दै गरेका युवक हत्या आरोपमा पक्राउ परेका छन्।

ट्रलीमा शव घिसार्दै संदिग्ध युवक

प्रहरीले युन लङको टिन शुई वाईस्थित तिन हा रोडमा ३० वर्षीया यिप थर भएकी प्रेमिकालाई हत्या गरेको आशंकामा २५ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। दिनको उज्यालोमै आफ्नी प्रेमिकाको शव बेरेर ट्रलीमा घिसार्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरिएको हो।

ट्रली पल्टेर खुट्टासहित अन्य अंग देखेपछि मानव शव भएको आशंकामा प्रत्यक्षदर्शी एक महिलाले प्रहरीलाई खबर गरेका थिए। प्रहरी अधिकारीहरूले घटनास्थलमा पुगेर ति युवकलाई पक्राउ गरेका छन्। प्यारामेडिक टिमले घटनास्थलमा महिलालाई मृत घोषित गरिएको थियो।

मृतक युवती र सेतो घेरामा संदिग्ध युवक

प्रहरी प्रवक्ताका अनुसार मृतकको टाउको बेरिएको र हात खुट्टा नायलनको डोरीले बाँधिएको थियो।

प्रहरीले २५ वर्षीय युवकलाई हत्याको आरोपमा पक्राउ गरी सोधपुछको लागि हिरासतमा राखिएको जनाएको छ। संदिग्ध र महिला प्रेमीप्रमिका एकै ठाउंमा काम गर्ने सहकर्मी थिए।

स्थानीय मिडियाले छिमेकी र चिने जानेहरुको भनाईलाई उदृत गर्दै संदिग्ध युवक दयालु र राम्रा स्वभावका थिए। तर, उनी धेरै पटक उनका प्रेमिका र अन्य महिलाबाट दुर्व्यवहार संहदै आईरहेका थिए।





Comments

comments

50208