हङकङमा आज ३०० संक्रमित थपिए, थप ५ जनाको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, १ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका ३०० संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वानका अनुसार संक्रमितमध्ये २२ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९१,८१९ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१०० बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा १६८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50272