हङकङमा बाटोमा हिडिरहेका ४ जनालाई श्रृङ्खलाबद्ध आक्रमण गरेर घाइते बनाउंने ३५ वर्षीय नेपाली पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, ९ मे । याउ मा तेइमा सोमवार विहान ४ जनालाई श्रृङ्खलाबद्ध रुपमा आक्रमण गरी घाइते बनाएको आशंकामा ३५ वर्षीय एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहान ६ बजेर ४२ मिनेटमा २८० टेम्पल स्ट्रीटमा याउ मा तेइबाट जाँदै गर्दा एकजना दक्षिण एसियाली व्यक्तिले सिसाको बोतलले प्रहार गरी घाइते बनाएको प्रहरीलाई खबर प्राप्त भयो।

प्रहरीले घटनास्थलमा पुगेर ७६ वर्षीया जापानी महिलासहित २ पुरुष र २ जना महिलामाथि आक्रमण भएको पुष्टि गरेको छ। सबै जनालाई टाउकोमा चोट लागेको थियो। तर सौभाग्यवश टाउकोमा लागेका चोटहरु सामान्य थिए। घाइतेहरूलाई एम्बुलेन्समा अस्पताल पठाइएको थियो।

प्रहरीले पीडितहरुले दिएको बयान र सीसीटिभी फूटेजको आधारमा संदिग्ध व्यक्तिलाई क्यान्टन रोडको पुरानो याउ मा तेइ प्रहरी चौकी बाहिरबाट पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति हङकङको परिचयपत्र बोकेका ३५ वर्षीय नेपाली युवक रहेका छन्।

उनको मुद्दालाई अनुगमनको लागि याउ चिम जिल्ला अपराध अनुसन्धान टोलीलाई बुझाइएको स्थानीय मिडियाले जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

50449