Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ।

मतगणनाको तयारीको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो। सो ब्लकमा सिसिटिभी जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भइरहेको जनाइएको छ।

सात समूहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिए।
nic

‘आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौं’, उनले भने। तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ।

वि.सं २०७४ को मत गणनाको क्रममा मतपत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस् भनेर सबै खालको तयारी गरिएको पौडेलले बताए। भरतपुर महानगरमा २९ वडा छन्। जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन्। महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ।

विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। रासस





Comments

comments

50525