Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

“सर्जकसंग एक साँझ”मा साहित्यकार र चलचित्रकर्मी

समाचार प्रतिनिधि / एचकेनेपाल डट कम –
बोष्टन, अमेरिका। सिर्जना उत्सव बोष्टनले मंगलबार साहित्यकार तथा चलचित्रकर्मीबीच भेटघाट कार्यक्रम गरेको छ।

अमेरिका भ्रमणका क्रममा बोष्टन आइपुगेका साहित्यकार डा. खगेन्द्रप्रसाद लुइँटेल र नयनराज पाण्डेका साथमा चलचित्रकर्मी राजेन्द्र केसीले साहित्य र चलचित्रका बारेमा चर्चा गरे। कार्यक्रममा डा. लुइटेलले अमेरिकामा नेपाली साहित्यका बारेमा बोल्दै नेपाली साहित्यका अमेरिका कुरा भित्र्याउन आग्रह गरे। उनले भने – अब साहित्यका माध्यमले यताका कुरा उताकालाई बाड्नु पर्छ।

कार्यक्रममा नयनराज पाण्डेले आफ्नो लेखन यात्राका बारेमा जानकारी गराउदै नेपाली साहित्यमा आख्यान विधाको अवस्था बारे जानकारी गराए। कार्यक्रममा उनले छोटा कविताले पार्ने प्रभाव बारे बोल्दै आफ्ना केहि कविता सुनाए।

चलचित्र विकास बोर्डका सदस्य राजेन्द्र केसीले बिदेशमा नेपाली चलचित्रको बजार सम्भाव्यताको खोजि भैरहेको बताउदै अमेरिकामा पनि राम्रो सम्भावना देखेको बताए।

साहित्यकार दीपा राई पुनको संयोजनमा भएको उक्त कार्यक्रममा दिनेशराज भण्डारी, गोवर्धन पूजा, अनु शाह, धनबहादुर लेप्चा, ममता कार्मचार्य, ज्ञानप्रकाश शर्मा, बिष्णुमाया परियार, दीपा राई पुन, प्रदीप थापालगायतले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे।





Comments

comments

506