हङकङमा आज १९२ स्थानीय र ४२ आयातित संक्रमित थपिए…

एचकेनेपाल डट कम –

हङकङ, १६ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २३४ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार १९२ स्थानीय र ४२ आयातित गरी २५९ संक्रमित केसहरु थपिएका छन्।

पुष्टि भएका आयातित केसहरू क्रमशः बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, जापान र अन्य ठाउँहरूबाट हङकङ आएका रहेका छन्।उनीहरुमध्ये एक जोडीलाई क्वारिन्टिनको १२ औं दिनमा पोजेटिभ देखिएको छ।

थप पुष्टि भएका ३५ स्थानीय संक्रमित केसहरुमा ३१ विद्यालयका २९ विद्यार्थी र ६ कर्मचारी रहेका छन्।

हङकङमा २४ घण्टाभित्र कुनै बिरामीको मृत्युको खबर आएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९,१४८ रहेको छ।

२४ घण्टामा २५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50637