हङकङमा आज २९८ स्थानीय र ३१ आयातित संक्रमित थपिए…

एचकेनेपाल डट कम –

हङकङ, १८ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ३२९ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २९८ स्थानीय र ३१ आयातित गरी ३२९ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९६,७६६ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९,१५२ पुगेको छ।

२४ घण्टामा ८२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50674